सोमबार १२ साउन, २०८२
Monday, July 28, 2025

काठमाडौँ महानगरको मेयर र उपमेयरमा विवेकशील साझाले गर्‍यो उम्मेदवारी दर्ता

काठमाडौं– विवेकशील साझा पार्टीले काठमाडौँ महानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएको छ । आइतबार दिउँसो निर्वाचन कार्यालय पुगेर मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधरले उम्मेदवारी दर्ता गराएका हुन् ।

‘परिवर्तनको संवाहक अब महानगरबासीले देखाइदिनु हुनेछ र वैकल्पिक किल्ला पनि बन्नेछ काठमाडौँ’, मेयरमा उम्मेदवारीका दिएकी समीक्षा बास्कोटाले पत्रकारसँग कुराकानी गर्दै भनिन्, ‘किनभने काठमाडौं महानगरमा वैकल्पिक राजनीतिको केन्द्र हो भनेर यहाँका बासिन्दाले तराजु चिह्नमा मतदान गरी परिवर्तनको संवाहक बनेर देखाउनुहुनेछ ।’