चट्याङ र दुर्घटना : दुई बालकको मृत्यु, दुई युवा घाइते

बागलुङ : बागलुङमा सवारी दुर्घटना र चट्याङले लागेर दुई बालकको मृत्यु भएको छ । दुई युवा घाइते भएका छन् । जिल्लाको बडिगाड गाउँपालिका-८ मा मङ्गलबार बेलुकी चट्याङले लागेर अमरबहादुर सुनारका नौ वर्षीय छोरा सिनेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मङ्गलबारै गलकोट नगरपालिका-६ मा पिकअप दुर्घटना हुँदा उक्त पिकअप भ्यानमा सवार एक बालकको मृत्यु भएको छ । काठमाडौँबाट आएर यात्रु झारेपछि फर्काउने क्रममा सडकबाट २० मिटर तल खस्दा पिकअपमै बसेका बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा गलकोट नगरपालिका-६ का नितु बस्नेतका सात वर्षीय छोरा निकेश बस्नेत रहेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए ।
मङ्गलबार नै बडिगाड-४ मा बा २० प २८८० नंको पिकअप सडकदेखि ६० मिटर तल खस्दा चालक यामबहादुर बुढाथोकी र सहचालक सुजन गोतामे घाइते भएका छन् । उनीहरु दुवैलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि पोखरा पठाइएको छ । रासस
फेकन उपाध्यक्षमा खरेलको उम्मेदवारी, पेशागत हितका लागि दर्जनौं योजना सार्वजनिक

भक्तपुरमा अवैध ४५० रोपनी जग्गा प्लटिङ, वन क्षेत्र र सार्वजनिक जग्गा रोक्का

धितोपत्र बोर्डमा अख्तियारको छापा

नीति निर्माणमा संलग्न अधिकारीहरू लिए ८ महिने 'पोलिसी लिडरशिप' तालिम

भारत–पाकिस्तान युद्धपछि नेपालमा सुरक्षा समिति बैठक : सीमा र विमानस्थलमा निगर…

४० लाख नगदसहित बिशालबजारबाट दुई हुन्डी कारोबारी पक्राउ

भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पती फिर्ता ल्याउन सरकारले सहयोग गर…

प्रतिक्रिया