शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

क्याम्पस वाइफाई सोलुसन सार्वजनिक

काठमाडौं– डिस मिडिया नेटवर्कले ‘क्याम्पस वाइफाई सोलुसन’ सार्वजनिक गरेको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपमा जारी क्यान ईन्फोटेकमा पत्रकार सम्मेलन गर्दै डिश मिडियाले क्याम्पस वाईफाई सोलुसन सार्वजनिक गरेको हो ।

क्याम्पस वाइफाईको एउटा डिभाइसबाट एकै ठाउँमा धेरैले इन्टरनेट प्रयोग गर्न सक्नेगरी नयाँ प्रोडक्ट ल्याएको डिस मिडिया नेटवर्कले जनाएको छ । क्याम्पस वाइफाई सोलुसन हुवावेले विकास गरेको वाइफाई ६ प्रविधिमा आधारित रहेको डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिए ।

आचार्यले डेढ वर्षमा डिस होम फाइबरनेटसंग १ लाख २० हजार ग्राहक जोडिएको बताए । वाइफाई ६ भविष्यको प्रविधि भएकाले नेपालमा यसको प्रयोग बढ्ने उनको भनाई छ । 

नयाँ प्रोडक्टले वाइफाईको रेन्ज नपुग्ने ठाउँमा पुर्याउने र नेट नचल्ने समस्या पनि समाधान हुने डिस मिडिया नेटवर्कले जनाएको छ । डिजिटलाइज क्षेत्र बनाउन होटल, रिसोर्ट, बैकिङ लगायतका क्षेत्रमा यसको प्रयोग गर्न सकिने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।