विकल्प आर्ट सेन्टरले सहकार्यात्मक कला परियोजना गर्दै

काठमाडौं – विकल्प आर्ट सेन्टरले आफ्नो सहकार्यात्मक कला परियोजना ‘रिभिजिटिङ्ग द रुट्स इन अ मोर्डन नुआन्स’को घोषणा गरेको छ । यो कला प्रदर्शनी वैशाख १४ देखि जेठ जेठ १० गतेसम्म काठमाडौं उपत्यकाका विभिन्न चार स्थानमा आयोजना हुँदैछन् ।
क्युरेटर सरोज महतोको संयोजकत्वमा विकल्प आर्ट सेन्टरले कार्यक्रमलाई आयोजना गरेको हो । उक्त कार्यक्रमको ग्राण्ड ओपनिङ्ग वैशाख १४ मा पुल्चोकस्थित विकल्प आर्ट सेन्टरमा हुने आयोजकले जनाएका छन् । साँझ ५ बजे पश्चात विकल्पमा हुने उद्घाटनपछि उपत्यकाका अन्य तीन ठाउँमा पनि प्रदर्शनीको उद्घाटन कार्यक्रम आयोजना हुनेछ ।
इतिहास र परम्परामा आधारित रहेका नेपालका समसामयिक ४५ जना कलाकारहरुको सिर्जनात्मक कामलाई प्रस्तुत हुने छन् । प्रदर्शनीमा पश्चिमा र पूर्वीय कलात्मक संस्कृति, स्थानीय र विश्वव्यापी परम्परा र आधुनिक विषयहरुलाई केन्द्रमा राखिएको आयोजकले जनाएको छ ।
विगत र संस्कृतिको भूमिका आधुनिक कला संस्कृतिमा ककस्तो हुन्छ भन्ने आधार मानिएको यो प्रदर्शनीमा इतिहासलाई सम्बोधन गरिएको शैली, वर्तमान कलाकृति र स्थानीय संस्कृतिसँग त्यसको सम्बन्ध, पहिचानका मुद्दाहरु लगायतका विषयलाई समेटिएको आयोजकले जनाएको छ ।

बाढी-पहिरो अपडेट : कहाँको छ बाटो बन्द, कहाँको छ सुचारू ? (सूचीसहित)

नवलपरासीमा बाढीले बस बगायो, यात्रुको सकुशल उद्धार (भिडियो)

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

हिन्दू बनेर नेपाली नाबालिकालाई दिल्ली लैजाँदै गरेका आलम भारतीय प्रहरीको फन्द…

बौद्धमा संस्थाबीचको फेरी द्वन्द्व, गुठीको शौचालय भत्काइएपछि प्रहरीमा उजुरी

शिवनाथको नीति तथा कार्यक्रम सार्वजनिक

मितेरी सहकारी रकम प्रकरणः ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइयो

प्रतिक्रिया