शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

कुकुर हत्या आराेपमा पाेखराबाट एक जना पक्राउ

पाेखरा – जिल्ला प्रहरी कार्यालय कास्कीले पशुपंक्षी सम्बन्धी कसुरमा पोखरा १९ का २३ वर्षीय सुदीप परियारलाई पक्राउ गरेकाे छ । उनीमाथि गत चैत्र १८ गते पोखरा १६ जोगीमणिस्थित सार्वजनिक स्थानमा कुकुरलाई झुण्ड्याएर मारेको अभियोग लागेकाे छ ।

कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीका अनुसार परियारले प्लास्टिकको डोरी कुकुरको घाँटीमा पासो लगाई रुखमा झुण्डाई मारी सेती नदीको खोँचमा फालेको थिए ।

उक्त घटनाको भिडियो बनाई सामाजिक सञ्जाल (फेसबुक) मा पोष्ट गरेका थिए । उनकाे साथमा रहेकाे माेवाइलमा उक्त भिडियाे फेला परेकाे थियाे ।

उनलाई कास्की जिल्ला अदालतबाट पशुपंक्षी सम्बन्धी कसुरमा दिन ९ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको छ