बोस्नियामा ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प

बोस्निया- दक्षिणी बोस्नियामा ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का बाल्कनसम्म अनुभव गरिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु लुबिन्जे सहरबाट १४ किलोमिटर उत्तर पूर्वमा रहेको उक्त सर्वेक्षणले जनाएको छ ।
भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक भएको छैन । समाचार संस्था एएफपीका अनुसार भूकम्पको धक्का भूकम्पको केन्द्रबिन्दुबाट ४ सय किलोमिटर टाढा बेलग्रेड, जाग्रेब र स्कोप्जेसम्म महशुस गरिएको थियो ।
भूकम्पको धक्का अल्बानिया र दक्षिणी इटालीमा पनि महशुस भएको थियो । एजेन्सी

अर्बपति वारेन बफेटले आज ६ अर्ब डलर दान गर्ने

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

प्रतिक्रिया