प्रयोगकर्ताको सेक्युरिटीलाई थप बलियो बनाउदै भाइबरले सुरु गर्यो ’टू स्टेप भेरिफिकेसन’

काठमाडौँ– मेसेजिङ र भ्वाइस बेस्ड कम्यूनिकेसनमा विश्वकै अग्र श्रेणीमा रहन सफल राकुटेन भाइबरले नयाँ फिचर ‘टू–स्टेप भेरिफिकेसन’को आधिकारिक रुपमा सुरुवात गरेको छ । ईमेल र पिन कोडको प्रयोग गर्दै सुरक्षाको यस अतिरिक्त सुविधाले प्रयोगकर्ताहरूलाई आफ्नो भाइबर अकाउण्ट प्रमाणित गर्न सहयोग पुर्याउने बताएको छ ।
सुरक्षा र गोपनीयताको सुनिश्चितता प्रदान गर्ने प्रतिबद्धताका साथ यस्ता नयाँ फिचरहरूमा भाइबरले निरन्तर रुपमा काम गरिरहेको छ । आफ्नो डाटा पहुँचबाट तेस्रो पार्टीलाई एलिमिनेट गर्दै पहिल्यैदेखि भाइबरको मेसेजिङ ‘एण्ड–टू–एण्ड एन्क्रिप्टेड’ छ, र ‘डिसअपियरिङ मेसेज’ फिचरले प्रयोगकर्ताहरूलाई कस–कसले आफ्नो मेसेज देखोस् भन्ने कुरा थप नियन्त्रण प्रदान गर्दछ । यसले प्रयोगकर्ताहरूलाई भाइबरमा कम्यूनिकेट गरिरहेको बेला थप सुरक्षाको सुनिश्चितता प्रदान गर्दछ ।
यस ‘टू–स्टेप भेरिफिकेसन’ फिचर ‘इनेबल’ गर्न चाहाने प्रयोगकर्ताहरूले ६ सङ्ख्याको ‘पिन नम्बर’ बनाउनु पर्दछ र आफ्नो ईमेल ठेगाना प्रमाणित गर्नु पर्नेछ । मोबाइल फोन वा डेस्कटपमा भाइबर ‘लग इन’ गर्नका निम्ति प्रयोगकर्ताले आफ्नो ‘पिन कोड’ भाइबरलाई उपलब्ध गराएर प्रमाणित गर्नु पर्नेछ । ‘कोड’ बिर्सिएको खण्डमा प्रयोगकर्तालाई आफ्नो अकाउण्टमा प्रवेश अनुमती दिनका लागि प्रमाणित ईमेल ठेगाना प्रयोग गरिने छ ।
‘पिन कोड’ को विशेषता भनेको ‘डेस्कटप भाइबर’ प्रयोग गरिरहेको अवस्थामा भाइबर ‘डिएक्टिभेट’ गर्न सकिदैन । जसको फाइदा भनेको यदि कसैले डेस्कटप मार्फत तपाईँको भाइबर अकाउण्ट ‘डिएक्टिभेट’ गर्न खोजिरहेको छ भने त्यस्ता प्रयासहरूलाई विफल पार्नु हो । ‘पिन कोड’ उपलब्ध गराइएको खण्डमा मात्र डेस्क्टपबाट भाइबर अकाउण्ट डिएक्टिभेट गर्न सकिन्छ ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

“महिला घरभित्र सीमित हुनु हुँदैन” ; माँ भाटभटेनी संस्थाद्वारा आयोजित तालिमल…

सुन तोलामा तीन हजार पाँच सयले घट्यो
_a6Z7zSqGwB_hmd3mh6t2ggihgo6fqy91tc0hkd8mxjswxhcfiekvvxpx3x07fprybau1y9a_uHb1riEQkR_xkd8efsbzrd8hbcauurliwsluu0jbpmqj7w5m7bm9ajk70spzlgqop0p0oaq.jpg)
साढे २ अर्ब लगानीमा खुल्यो नेवारी आर्किटेक्चर र बिलासिताको मिश्रण 'आर्या होटल …

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया