राष्ट्र संघका महासचिवले रुसी र युक्रेनी नेताहरूलाई भेट्दैँ

काठमाडौँ – संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अर्को साता रुसी र युक्रेनी नेताहरूसँग भेट्ने तयारी गरेका छन् । गुटेरेसले मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने तथा विदेशमन्त्री सर्गेई लाभरोभसँग मस्कोमा कार्य बैठक गर्ने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।
त्यसपछि गुटेरेसले बिहीबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र विदेशमन्त्री दिमिट्रो कुलेबालाई भेट्न कीभ जाने बताइएको छ । रुसले युक्रेनमाथि आक्रमण जारी राख्दा राष्ट्र संघका महासचिवमाथि दुई देशबीचद्वन्द्व समाधानका लागि थप सक्रिय भूमिका निर्वाह गर्न दवाव बढ्दै गएको छ ।
रुस र युक्रेन राष्ट्र संघका संस्थापक सदस्य हुन् ।

अर्बपति वारेन बफेटले आज ६ अर्ब डलर दान गर्ने

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

प्रतिक्रिया