स्थानीय तह निर्वाचन : जुम्लाका कति जनप्रतिनिधिले दिए राजीनामा ?

जुम्ला- ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा आकांक्षी जनप्रतिनिधिले राजीनामा दिएका छन् । स्थानीय तहको मननोयन दर्ता गर्ने दिन नजिकिदै गएपछि उनीहरुले राजीनामा दिएको बताएका छन ।
गुठीचौर गाउँपालिकाका १ वडाध्यक्ष गणेश ऐडीले पदबाट राजीनामा दिएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष ऐडी अहिले नेकपा समाजवादी पार्टीमा आवद्ध छन् । उनी पुन: वडाध्यक्षमै प्रतिष्प्रर्धा गर्न पदबाट राजीनामा दिएका छन् ।
यस्तै गुठीचौरकै कार्यपालिका सदस्य जनक थकाली, वडासदस्य प्रेम लामा र पदमराज गिरीले पनि राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत मदन देवकोटाले बताए । कार्यपालिका सदस्यबाट राजीनामा दिएका थकाली नेकपा समाजबादी पार्टीबाट गुठीचौर गाउँपालिका अध्यक्ष पदमा लड्ने भएका छन् । गाउँपालिका अध्यक्षका लागि वडा कमिटीबाट निर्णय भएर आएको र पार्टीले निर्णय गर्न बाँकी रहेको पार्टी अध्यक्ष तिर्थ बुढाले बताए ।
त्यस्तै पातारासी गाउँपालिका२ का वडाध्यक्ष कन्न बोहराले पनि पदबाट राजीनामा दिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु धितालले बताए । पुनः वडाध्यक्ष पदमै लड्नका लागि राजीनामा दिएको बोहराले बताए । उनले अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका हुन ।
त्यस्तै सिंजा गाउँपालिका – १ का वडाध्यक्ष रणबहादुर रोकायाले पदबाट राजीनामा दिएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए । त्यसैगरी ४ नम्बर वडाध्यक्ष धनबहादुर बुढा र वडासदस्य जक्तीराम बुढाले पदबाट राजीनामा दिएका छन् । वडाध्यक्ष रोकाया नेमकिपा र बुढा एमालेबाट निर्वाचित भएका हुन् । वडाध्यक्षबाट राजीनामा दिएका रोकायाले गाउँपालिका अध्यक्षमा लड्ने पार्टीमा दावी गरेको बताए ।
त्यस्तै, तातोपानी गाउँपालिका – ३ का वडाध्यक्ष डिल्ली रावल र गाउँकार्यपालिका सदस्य आदिप्रसाद न्यौपानेले पदबाट राजीनामा दिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।
त्यसैगरी चन्दननाथ नगरपालिका – ६ का वडाध्यक्ष अजबहादुर रावल, कार्यपालिका सदस्य चन्द्रवति उपाध्याय, वडासदस्य भिमबहादुर रावत र बलबहादुर शाहीले पदबाट राजीनामा दिएको नगरप्रमुख कान्तिका सेजुवालले बताइन् ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया