सोमबार १२ साउन, २०८२
Monday, July 28, 2025

एमाले मुगुले टुंगायो उम्मेदवारी

मुगु - नेकपा एमाले मुगुले उम्मेदवारी टुंगो लगाएको छ । ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि एमालेले आफ्ना उम्मेदवारहरू टुंगो लगाएको हो ।

छाँयानाथ रारा नगरपालिकाको मेयरको लागि डम्वर रावल र उपमेयरमा टोमा लामालाई सिफारिश  गरेको एमाले मुगुले जनाएको छ । पालिका प्रमुख र उपप्रमुखहरुहरुको नाम एमालेले शुक्रबार टुंगो लगाएको हो । 

त्यस्तै, सोरु गाउँपालिकाको अध्यक्षमा डिल्ली प्रसाद भट्ट, उपाध्यक्षमा डिलकली शाही , खत्याड गाउँपालिका अध्यक्षमा लाल बहादुर मल्ल, उपाध्यक्षमा कविता गिरी र मुगुमकामारोङ्ग गाउँपालिका अध्यक्षमा सोनाम लामा र उपाध्यक्षमा छिरिङ्ग फुटिक लामालाई उम्मेदवार घोषणा गरेको छ ।