सेनाले हानेको गोली लागेर म्यानमारमा सात वर्षीया बालिकाको मृत्यु

काठमाडौँ : म्यानमारमा सेनाले हानेको गोली लागेर सात वर्षीया बालिकाको मृत्यु भएको छ । सत्ता हातमा लिएर सैनिक कू गरेको सेनाले आन्दोलन दबाउन प्रदर्शनकारीमाथि गोली चलाएको थियो । गोली लागेर सात वर्षीया बालिका घाइते भएकी थिइन् ।
उनको उपचारका क्रममा मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । म्यानमारको मान्डेले शहरमा घरमा बसेकी बालिकामाथि सेनाले गोली हानेको थियो । बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था सेभ द चिल्ड्रेनका अनुसार म्यानमारमा अहिलेसम्म २० जनाभन्दा धेरै बालबालिकाको मृत्यु भइसकेको छ ।
सेनाले सत्ता हातमा लिएपछि नागरिकलाई धरपकड गर्ने काम तीब्र छ । सैनिक कू को विरोधमा म्यानमारका नागरिकले दैनिक विरोध प्रदर्शन गरिरहेका छन् । जसको मारमा बालबालिका पनि परेका छन् । अहिलेसम्म सैनिक कू को विरोधमा उत्रिएकामध्ये सेनाको गोली लागेर दुई सय ७५ जनाको मृत्यु भइसकेको छ ।

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउन ट्रम्पको आदेश

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

प्रतिक्रिया