प्रधानमन्त्री र विश्व स्वास्थ्य संगठनका महानिर्देशकबीच भेट

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुटारमा भएको भेटमा प्रधानमन्त्रीले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनेगरी सरकाले विभिन्न कार्यक्रमहरु संचालन गरेको जानकारी गराएका थिए ।
साथै कोभिड नियन्त्रण लगायत स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनको सहयोगको लागि पनि प्रधानमन्त्रीले धन्यवाद व्यक्त गरेका थिए ।
प्रधानन्त्रीले नेपाली स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि, स्वास्थ्यको क्षेत्रमा बहुपक्षिय साझेदारी लगायतका विषयमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको धारणा भेटमा राखेका थिए ।
भेटमा महामनिर्देशक डा. टेड्रोसले नेपालले कोरोना विरुद्धको खोप अयिभान प्रभावकारी रुपमा व्यवस्थापन गरेको र प्राय सबैजसोलाई खोप लगाईसकेकोमा प्रधानमन्त्रीको प्रशंसा गरेका थिए ।
कोभिड नियन्त्रण तथा रोकथाममा पनि नेपाल सरकारको रणनीति प्रभावकारी भएको उनको भनाई थियो ।
उनले नेपालले छोटो समयमा बाल तथा मातृ मृत्यु दर घटाएको लगायतका विभिन्न स्वास्थ्य सुचकहरुमा गरेको प्रगतिको पनि प्रसंशा गरेका थिए ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया