अमेरिकी उच्च-स्तरीय संसदीय टोली नेपाल आउँदै

काठमाडौँ – संयुक्त राज्य अमेरिकाको उच्च-स्तरीय संसदीय टोली औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउन लागेको छ । युक्रेन मामिलाबारे छलफल गर्न अमेरिकी संसदीय टोली नेपाल आउन लागेको हो ।
नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठको अवसर समेत पारेर आउन लागेको यस टोलीमा सिनेटर किर्स्टन जिलिब्रान्ड (न्यूयोर्क) को नेतृत्वमा रहेको टोलीमा सिनेटरहरू शेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यू जर्सी), मार्क केली (एरिजोना) र प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स (१७औं कङ्ग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क) सामेल छन् ।
अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटघाट गरेर विभिन्न विषयमा छलफल गर्नेछ । उहाँहरूको समूह हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभावमाथि समेत केन्द्रित रहेको बताइएको छ । यस गम्भीर सङ्कटका बारेमा थप बुझ्नका लागि उहाँहरूले शनिबार दिउँसो एक पदयात्रामा समेत भाग लिनेछन् ।
उनीहरू छिमेकी भारत र युक्रेनसँग सीमा जोडिएको पोल्याण्डको समेत भ्रमण गरेर नेपाल आउन लागेको अमेरिकी दूतावासले जनाएको छ । रुसको नाजायज र अन्यायपूर्ण युद्धका विरुद्ध अमेरिकाले युक्रेन र नेटो गठबन्धनप्रतिको आफ्नो सहयोगलाई कसरी जारी राख्न सक्छ भन्नेबारे बुझ्नका लागि संसदीय टोलीले पोल्याण्डको यात्रा गरेको बताइएको छ ।
युक्रेनमा रुसले गरेको आक्रमणप्रति नेपाल असहमत रहँदै आएको छ ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया