आचारसंहिता उल्लंघनवापत कक्षा लिने पहिलो पत्रकार ऋषि धमला
बरिष्ठ पत्रकारहरू धमलालाई पढाउँदै

काठमाडौं– पत्रकार आचार संहिता उल्लंघन गरेका पत्रकार ऋषि धमलाले नेपाल प्रेस काउन्सिलको कारवाहीस्वरुप एकदिने ‘आचार संहिता अभिमुखीकरण कक्षा’ लिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवासमेत उच्चपदस्थ व्यक्तिहरु सवार जहाजभित्र ऋषि धमलाले विमानभित्रै ‘रिपोर्टिङ’ गरेका कारण काउन्सिलको कारबाहीमा परेका थिए । तीन दिनअघि काउन्सिलले पत्रकार धमलालाई ‘आइन्दा यस्तो कार्य नगर्न’ सचेत गराउँदै आचार संहितासम्बन्धी एक दिने कक्षा लिनुपर्ने निर्णय गरेको थियो ।
सोही निर्णय कार्यान्वयन गर्न धमलाले कक्षा लिन आएका हुन् । उनलाई काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल र काउन्सिलका सदस्य गोपाल बुढाथोकीले यतिखेर पढाइरहेका छन् ।
आचार संहिता उल्लंघनमा कक्षा लिने धमला पहिलो पत्रकार भएको काउन्सिल स्रोतले जानकारी दियो । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई ‘सचेतना कक्षा’ सञ्चालन गरेजस्तै प्रेस काउन्सिलले पनि गत चैत १ गतेदेखि यस्तो नियम लागू गरेको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्कने क्रममा अनुमतिबिना विमानभित्र छिरेर ‘रिपोर्टिङ’ गरेका धमलालाई नेपाल वायुसेवा निगमका कर्मचारीले त्यसो नगर्न पटक–पटक आग्रह गर्दा पनि जबर्जस्ती भिडियो सम्प्रेषण गरेका थिए । उनलाई काउन्सिलले गत चैत २२ गते २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
प्राइम टाइम टेलिभिजनका अध्यक्षसमेत रहेका धमलालाई आइन्दा आचार संहिता पूर्णतः पालन गर्ने बचन दिएको काउन्सिल स्रोतले बतायो । साढे दुई घण्टाको कक्षा लिनुपर्ने नियम भएको हुँदा धमलाले मध्यान्ह १२ बजेदेखि कक्षा लिन सुरु गरेका हुन् ।

नवलपरासीमा बाढीले बस बगायो, यात्रुको सकुशल उद्धार (भिडियो)

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

हिन्दू बनेर नेपाली नाबालिकालाई दिल्ली लैजाँदै गरेका आलम भारतीय प्रहरीको फन्द…

बौद्धमा संस्थाबीचको फेरी द्वन्द्व, गुठीको शौचालय भत्काइएपछि प्रहरीमा उजुरी

शिवनाथको नीति तथा कार्यक्रम सार्वजनिक

मितेरी सहकारी रकम प्रकरणः ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइयो

लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

प्रतिक्रिया