पहिलो एकदिवसीयमा भारत विजयी

काठमाडौँ : इंग्ल्यान्डसँगको पहिलो एकदिवसीय क्रिकेटमा भारत विजयी भएको छ । मंगलबार राती सकिएको खेलमा इंग्ल्यान्डलाई ६६ रनले हराउँदै भारत विजयी भएको हो । जितसँगै भारतले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ ।
पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३१७ रन बनाएको थियो । उसका लागि शिखर धवनले ९८ रन बनाए । ३१८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ थालेको इंग्ल्यान्ड भने ४२ ओभर १ बलमा अलआउट हुँदै २५१ रनमा सिमित भयो ।
उसका लागि जोनी बेयरस्टोले ९४ रन बनाएपनि टिमलाई जिताउन सकेनन् । इंग्ल्यान्डलाई सस्तैमा अलआउट गर्न भारतका प्रसिद्ध कृष्णले ४ तथा शार्दुल ठाकुरले ३ विकेट लिए ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया