साउदीमा नेपाली दूतावासको सेल्टरबाट नेपाली युवक सम्पर्कविहीन

काठमाडौँ- साउदी अरबस्थित नेपाली राजदूतावासको सेल्टरमा रहेका एक नेपाली युवक सम्पर्क विहीन भएका छन् । गत मंगलबारदेखि (अप्रिल १९) रियादको बथा भन्ने ठाउँबाट राती साढे ९ बजेदेखि सन्तोष साह कानु नाम गरेका युवक हराएको नेपाली दूतावासले जनाएको छ ।
दूतावासले साहको खोजतलास गर्न प्रहरी कार्यालयलाई अनुरोध गरिसकेको छ । उनलाई कसैले देखेमा नजिकैको प्रहरी कार्यालयमा वा दूतावासको ०५०००७६७९४ सम्पर्क गर्न आग्रह गरेको छ ।
दूतावासका अनुसार साह डिप्रेसनको शिकार रहेका थिए । उनी कसैसँग पनि बोल्दैन थिए । अन्य नेपालीहरू सुतेको समयमा उनी बाहिर निस्किएका थिए । साहको एक्जिट भिसासमेत आइसकेको थियो । सेल्टरमा राखी उनलाई नेपाल पठाउने प्रक्रिया अगाडि बढाइसकेको थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया