अतिक्रमित भूमि नजिकको छाङ रु र तिंकरको मतदान केन्द्र निरीक्षण

दार्चुला - भारतले अतिक्रमण गरेको कालापानी नजिकको क्षेत्रमा स्थानीय तह निर्वाचनको लागि जिल्ला सुरक्षा समितिले आज अनुगमन निरीक्षण गरेको छ ।
नेपाली सेनाको हेलिकोप्टर मार्फत छाङ रु पुगेर मतदान स्थल लगायत सुरक्षा व्यवस्थाको अनुगमन गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।
छाङ रु पुगेको सुरक्षा समिति र नेपाली सेनाको टोलीले त्यहाँ स्थित सशस्त्र प्रहरीको ५० नम्बर गुल्म र प्रहरी चौकीको पनि निरीक्षण अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । त्यस क्षेत्र सम्म पुग्नका लागि नेपाली क्षेत्रमा बाटो नभएकाले निर्वाचनमा खटिने सुरक्षाकर्मी त्यहीबाट व्यवस्थापन गर्ने योजना रहेको उनले बताए । निर्वाचन सामग्री र कर्मचारीहरूलाई भने हेलिकोप्टरमार्फत पुगाइने छ ।
व्यास गाउँपालिकाको वडा नम्बर १ छाङ रु र तिंकरमा दुई वटा मतदान केन्द्र छन् । निर्वाचनका लागि मतदाता भने अझै गाउँ पुगिसकेका छैनन् । हिउँदमा चिसो छल्न दार्चुला सदरमुकाम झरेका ब्यवसायी भारतको बाटो भएर गाउँ जाने तयारीमा रहेका छन् ।
भारतको बाटो प्रयोग गर्नका लागि त्यहाँका दुई सय परिवारलाई भारतीय प्रशासनको अनुमति प्राप्त भइसकेको व्यास गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए । उनका अनुसार छाङ रु र तिंकरका बासिन्दा भारतीय बाटो भएर केही दिनमा गाउँतिर जाने तयारीमा रहेका छन् ।

युट्युबबाट सीप सिकेर उद्यम
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

प्रतिक्रिया