२१ वर्षदेखि बिदा नबसी देशको लागि खटिएको छु : नरेन्द्र मोदी
काठमाडौँ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफू २१ वर्षदेखि बिनाबिदा देश र जनताका लागि क्रियाशील भएको दाबी गरेका छन् । भारतीय जनता पार्टी (भाजपा) को मङ्गलबार बसेको बैठकमा बोल्ने क्रममा उनले आफू गुजरातको मुख्यमन्त्री भएदेखि अहिलेसम्म कहिल्यै बिदा नलिएको बताएका हुन् ।
उनले आफूले झैँ बिनाबिदा जनताको सेवामा निरन्तर क्रियाशील हुन सांसदहरुलाई पनि निर्देशन दिएको केन्द्रीय मन्त्री अर्जुन राम मेघवालले जानकारी दिए ।
‘मैले कोरोनाभाइरसको महामारीका बेलामा पनि कुनै कमी नगरी लगातार सेवामा लागि रहेँ, विश्व नै थिलोथिलो भइरहेका बेला पनि भारतले त्यो चुनौतीलाई प्रभावकारी तरिकाले व्यवस्थापन गर्न सफल भयो’ उनले भने ।
मोदीले विश्वका ११० देशका नेताहरुले भारतमा कोरोनाभाइरसको महामारीको व्यवस्थापन राम्रो भएको स्वीकार गरेको दाबी पनि गरे । मोदीले देशका करोडौँ जनताको जीवन जोगाउने कुरा सानोतिनो चुनौती नभएको पनि बताए । साधारण चुनौतीलाई निरन्तरको क्रियाशीलता र सेवा भावनाले नै जित्न सकेको प्रधानमन्त्री मोदीको भनाइ थियो । प्रधानमन्त्री मोदीले त्यहीअनुसारको क्रियाशीलता र सेवाको भावनाका साथ संसद्मा नियमित उपस्थित हुन र जनताको काम गर्न पटक पटक जोड दिए । रासस-एएनआई

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउन ट्रम्पको आदेश

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

प्रतिक्रिया