भिरबाट लडेर म्यादी प्रहरीको मृत्यु

सिन्धुपाल्चोक– स्थानीय तह निर्वाचन २०७९ को सुरक्षाका लागि म्यादी प्रहरीमा नियुक्त भएका एक युवाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ पीपलडाँडाका दुर्गा सिं बस्नेतको लडेर मृत्यु भएको हो ।
बस्नेत चैत २८ गते म्यादीको प्रशिक्षणमा थिए । बुधबार प्रशिक्षण सकेर उनी घर गएका थिए । आज (बिहीबार) घरबाट फर्कने क्रममा भीरबाट उनी लडेको प्रहरीले जनाएको छ । ४० वर्षीय बस्नेत चौतारा नवलपुर सडक खण्डको डिलबाट अन्दाजी ४० मिटर तल खसेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।
चौतारा अस्पतालमा पोष्टमार्टम लगायतको कार्य सम्पन्न भएपछि शव आफन्तले जिम्मा लिई गएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया