रामेछापमा पहिलोपटक जुनार बीमा

काठमाडौँ - रामेछापमा पहिलो पटक जुनार खेतीको बीमा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछाप जुनार जोन मार्फत बिहीबार जुनार बीमा गरिएको हो ।
परियोजनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेड मार्फत जिल्लाको रामेछाप नगरपालिका ६ पुराना गाउँका ३ जना कृषकको ६ सय बोट जुनारको बीमा गरि किसानको बगैँचामा पुगेर बीमा लेख हस्तान्तरण गरेको हो ।
बिमा गर्नु अघि जुनारको पिसिआर जाँच गर्दा स्वस्थ देखिएपछि बीमा गरिएको परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख थिर लाल गैरेले जानकारी दिए । उनले जुनार बगैँचामा रोग लाग्न नदिन टोली बनाएर विषादी छर्ने व्यवस्था भएको बताए ।
बिमा मार्फत आगलागी, चट्याङ, भुकम्प, अधिक वर्षा, बाढी, पहिरो, खडेरी, आँधी, असिना, हिउँ, तुषारो, आकस्मिक वाह्य दुर्घटना र रोगबाट हुने नोक्सानीको जोखिम बहन गरिने आइएमई जनरल इन्स्योरेन्स रामेछापका प्रमुख विपिन भट्टराईले जानकारी दिए । उनले नोक्सानी भएमा अधिकतम बीमा रकमको सिमामा रही वास्तविक क्षतिको ९० प्रतिशत रकम भुक्तानी गरिने बताए ।

सम्पत्ति बीमा: आर्थिक सुरक्षाको भरपर्दो माध्यम

सम्पत्ति बीमा: आर्थिक सुरक्षाको भरपर्दो माध्यम

बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पोखरेलले लिइन् शपथ

नेपाल लाइफ इन्स्योरेन्सका निर्वाचित ३ संचालकद्वारा पदबहाली

नेपाल लाइफद्वारा 'छुट्ला है छुट' योजना सार्वजनिक

एलआइसी नेपालको सेयर लिलामी भर्ने आज अन्तिम दिन

'जोखिमलाई व्यवस्थापन गर्ने स्मार्ट उपाय'

प्रतिक्रिया