हिमपहिरोमा परी दुईको मृत्यु

फैजाबाद : अफगानिस्तानको उत्तरी प्रान्त बादाख्शानको शाकाई जिल्लामा मंगलबार गएको हिमपहिरोमा परी एउटै घरका दुई व्यक्तिको ज्यान गएको छ । अन्य दुईजना घाइते भएका प्रान्तीय परिषद्का सदस्य मेहबुब रहमानले बताएका छन् ।
यस हिमाली जिल्लाको पहाडी सांगिच गाउँमा मंगलबार बिहानको यस प्राकृतिक प्रकोपमा परी बाबु छोराको मृत्यु भएको हो । त्यसैगरी एकै परिवारका दुईजना घाइते भएका अधिकारीहरूले जनाएका छन् ।
अफगानिस्तानको बादाख्शान र छिमेकमा पर्ने तखार, कुन्दुज र बाघलान प्रान्तमा विगत दुई दिनदेखि वर्षा र हिउँ परेको दृश्य देखिएको समाचारमा जनाइएको छ । (रासस)

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउन ट्रम्पको आदेश

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

प्रतिक्रिया