शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

सुनसरीमा गुडिरहेको मोटरसाइकल नहरमा खस्यो, चालकको मृत्यु

काठमाडौं - सुनसरीको रामधुनी–२ मा बुधबार बेलुकी गुडिरहेको मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रामधुनी–८ का ४३ वर्षीय धुव्र कुमार चौधरी रहेका छन् । 

को १७ प ३२४५ नम्बरको मोटरसाइकलमा सवार उनी हिजो बेलुकी पौने ८ बजे हसनपुर नहरको पुलबाट खसेका थिए । घटनाबारे जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय पकली र अस्थायी प्रहरी पोष्ट झुम्काबाट खटिएको टोलीले चौधरीको शव गएराती साढे ९ बजे नहरबाट निकालेका थिए । 

शवलाई पोष्टमार्टको लागी धरानको घोपास्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।