बलात्कारीलाई सात वर्ष कैद

काठमाडौँ : १९ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा बागलुङ नगरपालिका-५ का ४० वर्षीय भरत सापकोटालाई सात वर्ष कैद सजायको फैसला सुनाइएको छ । जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेको इजलासले बलात्कार कसूर ठहर गर्दै सापकोटालाई सात वर्ष कैदसहित नगद क्षतिपूर्तिको फैसला सुनाइएको हो ।
अदालतले पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्ति र एक हजार तीनसय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए । युवतीलाई सापकोटाले गत साउन १६ र १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई सोही दिन पक्राउ गरेको थियो ।

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

प्रतिक्रिया