'पठाओको लोगो वा ब्रान्ड झल्किने कपडा नलगाउनू'

काठमाडौँ : राइड सेयरिङ प्लेटफर्म पठाओले आफ्नो लोगो वा ब्रान्ड झल्किने कपडा नलाउन राइडरहरूलाई अनुरोध गरेको छ । मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै पठाओले आफ्ना राइडरलाई यो जानकारी दिएको हो । यो सूचना बेवास्ता गरेको खण्डमा प्रशासनबाट कारबाही समेत हुन सक्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ, 'पछिल्लो समय पठाओ सेवालाई थप व्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग गरिएको छलफल अनुसार अफलाइन राइडको विकृतिलाई निरुत्साहित गर्न र राइडको सहज परिस्थिति बनाउन तत्कालको लागि पठाओको प्रोटेक्टिभ गेयर प्रयोग नगर्न निर्देशन भएकाले सम्पूर्ण राइडरले पठाओको लोगो वा ब्रान्ड झल्किने कुनै पनि कपडा अर्को सूचना नआएसम्म प्रयोग नगर्न सम्पूर्ण राइडरहरूमा अनुरोध गर्दछौँ ।' राइड सेवा भने चलिरहने पठाओले जनाएको छ ।

सजिवनको सुपले हड्डीलाई बलियो बनाउँछ ?

कर्कटलाई सहयोगीहरूले साथ दिने, धनुको रोकिएका कामहरु सुचारु हुने

सवारी ज्यान मुद्दाका फरार पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

प्रतिक्रिया