पाकिस्तानमा आगलागी : नौ बालबालिकाको मृत्यु, २० घाइते

एजेन्सी – पाकिस्तानको डाडु जिल्लामा भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ ।
मोहम्मद डार्यानी चान्डीओ गाउँमा भएको आगलागीमा परी अरु २० जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।
आगलागीबाट ५० घरमा क्षति भएको छ । घाइते भएकाहरुलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।
ती मध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरुले जनाएका छन् । घरको भान्साबाट हुरिका कारण फैलिएको आगोले गाउँ नै डढाएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।
मृत्यु भएका सबै बालबालिका रहेका छन् । स्थानीय समयानुसार मङ्गलबार राती ९ बजे आगलागी सुरु भएको थियो ।

बाढी-पहिरो अपडेट : कहाँको छ बाटो बन्द, कहाँको छ सुचारू ? (सूचीसहित)

नवलपरासीमा बाढीले बस बगायो, यात्रुको सकुशल उद्धार (भिडियो)

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

हिन्दू बनेर नेपाली नाबालिकालाई दिल्ली लैजाँदै गरेका आलम भारतीय प्रहरीको फन्द…

बौद्धमा संस्थाबीचको फेरी द्वन्द्व, गुठीको शौचालय भत्काइएपछि प्रहरीमा उजुरी

शिवनाथको नीति तथा कार्यक्रम सार्वजनिक

मितेरी सहकारी रकम प्रकरणः ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइयो

प्रतिक्रिया