भूकम्प र आगलागीसम्बन्धी कृतिम घटना अभ्यास

बैतडी – बैतडीमा भूकम्प र आगलागीसम्बन्धीको कृतिम घटना अभ्यास गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिती बैतडी र नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीको साझेदारीमा कृतिम घटना अभ्यास गरिएको हो ।
दशरथचन्द नगरपालिकाको सुन्दरखाली स्थीत खेल मैदानमा उक्त घटना अभ्यास प्रर्दशन गरिएको रेडक्रस जिल्ला शाखा बैतडीका कार्यक्रम संयोजक गोबिन्द बल्लभ पन्तले बताए ।
बुधबार भएको कार्यक्रममा भूकम्प र आगलागीका बेला कसरी सुरक्षीत हुने र सरोकारवाला निकायलाई कसरी खबर गर्ने भन्ने विषयमा नमुना प्रदर्शन गरिएको हो । कार्यक्रममा विपद व्यवस्थापनका लागी खटिने जिल्ला स्थीत सबै कार्यालयले आ-आफ्नो प्रस्तुती राखेका छन् ।
रेडक्रसले विपदका बेला राहत, प्राथमिक उपचार र सुरक्षित आवासमा भुमिका खेल्ने, शिक्षा क्षेत्रमा पर्ने प्रभावमा शिक्षा विकास तथा समन्वय इकाईले भुमिका खेल्ने, हिंसाका बिषयमा सामाजिक विकास कार्यालय, उद्धारमा सुरक्षा निकाय खटिने लगायतका विषयमा जानकारी गराइएको छ ।

बाढी-पहिरो अपडेट : कहाँको छ बाटो बन्द, कहाँको छ सुचारू ? (सूचीसहित)

नवलपरासीमा बाढीले बस बगायो, यात्रुको सकुशल उद्धार (भिडियो)

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

हिन्दू बनेर नेपाली नाबालिकालाई दिल्ली लैजाँदै गरेका आलम भारतीय प्रहरीको फन्द…

बौद्धमा संस्थाबीचको फेरी द्वन्द्व, गुठीको शौचालय भत्काइएपछि प्रहरीमा उजुरी

शिवनाथको नीति तथा कार्यक्रम सार्वजनिक

मितेरी सहकारी रकम प्रकरणः ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइयो

प्रतिक्रिया