जुलियन असान्ज अमेरिका सुपुर्दगी हुने सम्भावना बढ्दै

काठमाडौँ – विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका अमेरिकामा सुपुर्दगी गर्ने सम्भावना बढेको छ । लन्डनको एक अदालतले असान्जको सुपुर्दगीको स्वीकृतिका लागि बेलायती सरकारलाई पत्र पपठाएको सीएनएनले जनाएको छ ।
अमेरिकामा असान्जलाई गोप्य सैन्य कागजातहरू प्रकाशित गरेको अभियोगमा जासुसी ऐन अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको छ ।
अदालतले बुधवारको सुनुवाईमा औपचारिक सुपुर्दगी आदेश जारी गरेपछि बेलायती गृहमन्त्री प्रिती पटेलले असान्जलाई अमेरिका स्थानान्तरण गर्ने निर्णयमा छाप लगाएकी हुन् । तर असान्जले यस निर्णयविरुद्ध अपिल गर्न सक्नेछन्।
सन् २०१० मा विकिलिक्सले हजारौं गोप्य फाइल र कूटनीतिक दस्तावेजहरु प्रकाशित गरेपछि अमेरिकाले असान्जलाई विभिन्न १८ आपराधिक आरोपमा खोजि गरिरहेको । यदि दोषी ठहरिए असान्जले १७५ वर्ष जेल सजाय भोग्नुपर्नेछ।

अर्बपति वारेन बफेटले आज ६ अर्ब डलर दान गर्ने

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

प्रतिक्रिया