चीनले सोलोमन टापुसँग सुरक्षा सम्झौता गरेपछि यी तीन शक्तिशाली देशको चिन्ता

एजेन्सी – चीनले सोलोमन टापुसँग सुरक्षा सम्झौता गरेपछि अष्ट्रेलिया, न्युजिल्याण्ड र अमेरिकाले प्रशान्त क्षेत्रको सुरक्षामा चिन्ता व्यक्त गरेका छन् । चीनले प्यासिफिक देशमा नौसेना आधार निर्माण गर्न खोज्ने त्रासलाई बढाउँदै यसै साता सम्झौतामा हस्ताक्षर भएको थियो ।
सम्झौता रोक्न अस्ट्रेलियाले गरेको अन्तिम प्रयासलाई सोलोमोन द्वीपले अस्वीकार गरेको थियो । अस्ट्रेलिया सोलोमोन द्वीपको सबैभन्दा ठूलो सहायता दाता हो । प्रधानमन्त्री मनसेह सोगाभारेले सम्झौताले यस क्षेत्रमा ‘शान्ति र सद्भावलाई कमजोर’ नबनाउने बताए ।
सम्झौता परम्परागत सहयोगीहरूका लागि नभई आफ्नै आन्तरिक सुरक्षाका लागि भएको उनले बताए ।उनले सम्झौताका शर्तहरू खुलासा गरेनन् । सम्झौताबारे उनले भने, ‘यो हाम्रो आँखा खुला राखेर राष्ट्रिय हितद्वारा निर्देशित छ । ’

अर्बपति वारेन बफेटले आज ६ अर्ब डलर दान गर्ने

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

प्रतिक्रिया