अंग्रेजी सिरिज गर्दै सौगात मल्ल !

काठमाडौँ - अभिनेता सौगात मल्लले नयाँ फिल्मको अफर लिएर जाने निर्मातालाई फागुनसम्म व्यस्त रहेको जवाफ पठाउन थालेका छन् । अर्थात् लगभग १ वर्ष सौगात मल्लले नयाँ फिल्मका लागि उपलब्ध हुने छैनन् । तर उनको यो व्यस्तता नेपाली फिल्मका लागि भने होइन् वा भनुँ नेपाली फिल्मलाई समय दिएका कारण सौगातले नभ्याउने भएका हैनन् । एउटा अंग्रेजी सिरिजलाई सौगातसँग लामो समय मागेका कारण उनले नयाँ निर्मातालाई फागनुपछि मात्र सम्पर्क गर्न आग्रह गर्न थालेका हुन् ।
अभिनेता सौगात मल्लले अंग्रेजी सिरिजमा कुरा भइरहेका बताए पनि टुंगो नै चाहिँ भइनसकेको इकागजलाई जानकारी गराए । ‘दुई तीन चरणमा अडिसन चलिरहेको छ । पक्का नै भन्ने होइन । कथंकदाचित भइहाल्यो भने धोका दिए जस्तो नहोस् भनेर यस्तो पनि हुँदैछ है भनेर जानकारी गराएको हुँ । भयो भने चाहिँ उनीहरूले लामै समय मागेका छन्,’ सौगातले भने ।
यो सिरिजका लागि नेपालको कास्टिङ एजेन्सीले दयाहाङ राईलाई प्रक्रियामा सामेल गराउन खोजेको थियो । तर दयाले भने आफूसँग पहिले नै प्रतिवद्धता जनाएका थुप्रै फिल्म बाँकी रहेकाले अडिसनतिर लाग्न नभ्याउने जवाफ दिएका थिए ।
सौगातले अंग्रेजी सिरिजको बारेमा आफूलाई पनि पूर्ण जानकारी नभएकाले यो विषयमा थप कुरा गर्न चाहेनन् । उनले भने, ‘टुंगै नभएको कुराको बारेमा म के बोलुँ । भएपछि भनिहाल्छु नी ।’
सौगातले केही दिनअघि अंग्रजी भाषामा बन्ने नेपाली फिल्ममा पनि खेल्ने चर्चा थियो तर पारिश्रमिकमा कुरा नमिलेपछि सौगातले त्यो फिल्म छाडेका छन् । उनले यो फिल्म नगरेपछि ‘दुई नम्बरी’ साइन गरेका थिए । यो फिल्मको पोखरामा धमाधम सुटिङ भइरहेको छ । सौगातले आजभोलि नै यो फिल्मको सेट ज्वाइन गर्दैछन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया