जसपाका माग सम्बोधन गर्न एमाले सकारात्मक

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)ले उठाएका माम सम्बोधन गर्न सत्तारुढ एमाले सकारात्मक देखिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा एमाले नेताहरू जसपाले उठाएका माग सम्बोधन गर्न सकारात्मक देखिएका हुन् ।
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जसपाले उठाएका माग सम्बोधनका विषयमा बैठकमा छलफल भएको बताए । 'उहाँहरूले रेशम चौधरीको रिहाइ, मधेस आन्दोनसँग सम्बन्धित विषयमा कुरा भयो । सत्ता साझेदारीबारे पनि छलफल भयो । कुनैपनि शर्तबन्दी छैन हाम्रो सम्बन्धमा । उहाँहरूले कुनैपनि शर्तबन्दी राख्नुभएको छैन,' नेम्वाङले भने । दुई पार्टीबीच राम्रो सम्बन्ध भए सत्ता समीकरण हुन सक्ने उनले बताए ।
जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो पार्टीका नेता, कार्यकर्ताको रिहाइका लागि गृहकार्य सकारात्मक रूपमा अगाडी बढेको बताए । 'पहिले मुद्दा मामिलाको काम अगाडी बढेमा सत्ता समीकरणलगायतको विषयमा कुरा गर्छौ । नेता, कार्यकर्ताको मुद्दा फिर्ता गर्न पार्टी भित्र एकमत छ,' महतोले भने, 'नेताहरूले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेपनि निर्णय भने पार्टीले गर्छ । पहिले मुद्दा मामिलाको अगाडी बढोस् न । अनि बाँकी कुरा पनि गरौँला नि त ।’
जसपाका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीले भेटमा माग पूरा गर्ने आश्वासन दिएको बताए । छलफलको क्रममा जसपाको सहयोग चाहिए काम गरेर देखाउनु पर्ने अनि मात्रै जसपाले निर्णय गर्ने बताएको कर्णले बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया