बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

खानेपानी मन्‍त्री थापा र चन्‍दबीच भेटवार्ता

तस्वीर सौजन्य : नारायणविक्रम चन्द

काठमाडौँ  : खानेपानी मन्‍त्री मणि थापा र नेत्रविक्रम चन्‍दबीच भेटवार्ता भएको छ । मन्त्री निवास पुल्चोकमा मंगलबार दिउँसो मन्‍त्री थापा र चन्‍दबीच भेटवार्ता भएको हो ।  

भेटका क्रममा चन्‍दले आफ्ना पार्टीका नेता कार्यकर्ता रिहाइमा ढिलाइ भएकोबारे ध्यानकर्षण गराएका थिए । सोमबार मात्रै चन्‍दले प्रधानमन्‍त्री ओलीलाई भेटेका थिए । भेटघाटमा प्रवक्‍ता खड्गबहादुर विश्‍वकर्मा पनि थिए ।