फोहरको व्यवस्थापन घरबाटै
चितवन - वातावरण संरक्षणका लागि फोहोरको व्यवस्थापन घरबाट नै गर्नुपर्ने एक कार्यक्रममा सहभागीले बताएका छन् ।
भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको वातावरण संरक्षण र फोहरमैला व्यवस्थापनसम्बन्धी बृहत् प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले घरबाट निस्किएका फोहरलाई वर्गीकरण गरी व्यवस्थापन गर्न सकिने बताए । घरबाट निस्किने फोहोरलाई वर्गीकरण गर्दै प्राङ्गारिक मल र पुनःप्रयोग गर्न सकिने उनीहरुको भनाइ थियो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घरबाट निस्कने फोहोरलाई व्यवस्थापन अहिलेको चुनौति बनेको बताइन् । घररघरबाट निस्किने फोहर व्यवस्थापनमा स्वयं घरधनी लाग्ने हो भने वातावरण संरक्षण र फोहरमैलाको व्यवस्थापन हुने उनको भनाइ थियो । अहिले महानगरमा दैनिक ७० टन फोहर उत्पादन हुँदै आएको र त्यसमा ५० प्रतिशत कुहिने फोहर हुने गरेको उनको भनाइ थियो ।
यसको व्यवस्थापनका लागि महानगरपालिकाले टोलटोलमा अभियान सञ्चालन गरेको भए पनि प्रभावकारी बन्न केही समय लाग्ने उनले बताइन् । उनले भनिन्, `घरबाट निस्कने फोहरलाई घरमा नै व्यवस्थापन गर्ने बानी बसाल्न सकेमा वातावरण पनि सफा हुन्छ ।`
महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले फोहर व्यवस्थापनका लागि महानगरपालिकाले आमा समूह तथा टोल सुधार समितिलाई तालिम दिएर काम अघि बढाएको बताइन् ।
कुहिने फोहरलाई मलको रुपमा र नकुहिने फोहरले हस्तकला सामग्रीको रुपमा विकास गर्न सकिने उनले बताइन् । ठकुरीले भनिन्, `अब वातावरण संरक्षणमा महिला अघि बढ्नुपर्छ । घरबाट निस्कने फोहरलाई घरमा नै व्यवस्थापन गर्नुपर्छ ।`
कार्यपत्र प्रस्तुत गर्दै तुलसी ज्ञवालीले फोहरलाई स्रोतबाटै व्यवस्थापन गर्न सके वातावरण सफा राख्न सकिने बताए । उनले वातावरण संरक्षणमा सहयोग पुर्याउन समुदायस्तरबाटै काम गर्नुपर्ने बताए । रासस

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया