थारु कल्याकारिणी सभा कैलालीका सभापतिकाे निधन
कैलाली - मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते थारु कल्याकारिणी सभा (थाकस) कैलालीका सभापति एवम् थारु अगुवा लाहुराम चौधरीको आज निधन भएको छ ।
धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।धनगढी उपमहानगरपालिका–३ बड्हरावासी चौधरीलाई छ लेन सडकका पैदल हिड्दै गरेको अवस्थामा शनिबार साँझ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ का २९ वर्षीय समिर घिमिरेले चलाएको प्रदेश ०२–०३–०१७–प ५९७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर उनको आइसीयु राखेर उपचार गर्ने क्रममा निधन भएको थारु कल्याणकारिणी सभा कैलालीका पूर्व सभापति प्रभातकुमार चौधरीले जानकारी दिए । ठक्कर दिने चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिन्दू बनेर नेपाली नाबालिकालाई दिल्ली लैजाँदै गरेका आलम भारतीय प्रहरीको फन्द…

बौद्धमा संस्थाबीचको फेरी द्वन्द्व, गुठीको शौचालय भत्काइएपछि प्रहरीमा उजुरी

शिवनाथको नीति तथा कार्यक्रम सार्वजनिक

मितेरी सहकारी रकम प्रकरणः ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइयो

लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

उच्चको आदेशपछि काममा फर्किए राजु पाण्डे

प्रतिक्रिया