भारतद्वारा विस्फोटक पदार्थ निर्यातमा लगाएको रोक फिर्ता (पत्रसहित)

काठमाडाैँ – रुसले युक्रेनमाथि आक्रमण गरेपछि एमोनियम नाइट्रेटको अभावका कारण विस्फोटक पदार्थको निकासीमा रोक लगाएको भारतले त्यसको ६ दिनपछि पुनः खुला गरेको छ ।
भारतको पेट्रोलियम तथा विस्फोटक सुरक्षा संगठनले आज विस्फोटक पदार्थ उत्पादक तथा निर्यातकर्ताहरुलाई एक पत्र लेख्दै गत अप्रिल १३ तारिखका दिन गरिएको निर्णय फिर्ता गरिएको जनाउ दिएको हो ।
विस्फोटक पदार्थ उत्पादन गर्न एमोनियमनाइट्रेट प्रयोग गरिन्छ । अमोनिय नाइट्रेट एक गन्धरहित, रंगहीन सेतोदेखि खैरो बालुवाजस्तो ग्रेन्युल हो । यो विस्फोटक पदार्थ, रासायनिक मल र एन्टिबायोटिक बनाउन प्रयोग गरिन्छ ।
भारतको उक्त कार्यालयले लेखेको पत्रमा यसअघि गरिएको निर्णय तत्काल लागू हुने गरी फिर्ता गरिएको उल्लेख छ । भारतलें यही चैत ३० गतेदेखि लागू हुने गरी विस्फोटक पदार्थ निर्यातमा प्रतिबन्ध लगाएको थियो । यसबाट विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने नेपालको पूर्वाधार विकास निर्माणका कार्य प्रभावित हुने भय व्याप्त थियो।
उक्त संगठनले अर्काे सूचना जारी नभएसम्म क्लास–२ प्रकारको विस्फोटक पदार्थ निकासीमा रोक लगाउने निर्णय थियो । भारतले निकासीमा रोक लगाएको क्लास–२ को विस्फोटक पदार्थ अन्तर्गत कालो पाउडर, सुरक्षा फ्यूज, प्रज्वलनशील तार, फ्यूज लाइटर र प्र्रदर्शन आतशबाजी पर्छन् ।
नेपालमा हाल ३ हजार मेगावाटभन्दा बढी जलविद्युत् आयोजना निर्माणाधीन छन् । तीमध्ये अधिकांश भूमिगत संचरना (विद्युत् गृह र सुरुङ) निर्माण गर्न विस्फोटक पदार्थ नभई हुँदैन ।

अर्बपति वारेन बफेटले आज ६ अर्ब डलर दान गर्ने

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

प्रतिक्रिया