एमाले प्रवेश गरे उद्योगपति अग्रवाल

काठमाडौं : उद्योगपति राजेशकुमार अग्रवाल नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयेजित एक कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा लगाई पार्टीमा स्वागत गरे । प्रधानमन्त्रीले स्वागत पछि पार्टीमा अग्रवालबाट राम्रो भुमिका निर्वाह हुने विश्वाससमेत व्यक्त गरे ।
भैरहवा निवासी ४९ वर्षिय अग्रवाल अर्गाखाँची सिमेन्ट र श्री स्टिल प्रालीको महाप्रबन्धक हुन् । अग्रवाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि हुन् । उनले आफू यसअघि कुनै राजनीतिक दलसँग आवद्ध नभएको दाबी गरे । ‘प्रधानमन्त्रीको कदममा हामी उद्योग व्यवसायीले पनि साथ दिनुपर्छ भन्ने लागेर पार्टीमा प्रवेश गरेको हुँ’, उनले भने ।

भ्रष्टाचार अन्त्यका लागि सुशासन अपरिहार्य : शेखर कोइराला

भूमि विधेयक कार्यकर्ता पाल्नेगरी आयोः राप्रपा सांसद कार्की

भूमि विधेयक फिर्ता लिन सरकारलाई माओवादीको आग्रह

अध्यादेशमा शासन चलाउने ठाउँमा नपुर्याउन संवैधानिक परिषद्सम्बन्धी विधेयक चाँड…

छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई

जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव

सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकता : वर्षमान पुन

प्रतिक्रिया