दाहालका कारण कम्युनिस्टहरू रुन बाध्य भए : महेश बस्नेत

हेटौंडा : पूर्वमन्त्री तथा एमाले केन्द्रीय सदस्य महेश बस्नेतले माओवादी अध्यक्ष पुष्पकमल दाहालका कारण कम्युनिष्टहरू रुन बाध्य भएको बताएका छन् । बस्नेतले दाहाललाई कम्युनिष्ट आन्दोलनको भष्मासुरको संज्ञासमेत दिए ।
राष्ट्रिय युवा संघ मकवानपुरको सोमबार हेटौंडामा भएको जिल्ला भेलामा बस्नेतले तत्कालिन नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मामाथि प्रहार हुँदा कम्युनिष्टहरू दाहालका कारण रोएको स्मरण गरे ।
दाहालले कठित जनयुद्धको नाममा १७ हजार जनताको हत्या गरेको, चन्दा नदिएको नाममा शिक्षकहरूलाई झुण्डाएको, सहयोग नगरेको नाममा सर्वसाधारणको हत्या गरेको आरोप दाहालले लगाए । तर, अहिले दाहालको घेरामा लडाकु, सहिदका परिवार, घाइते तथा पिडितका परिवार नपरेको उनको भनाइ छ ।
‘अहिले उनको वरिपरि आफ्नै छोरीहरू, ज्वाईहरू, आफन्त, माफिया, ठेकेदारमात्रै छन् । सशस्त्र द्वन्द्वमा उनलाई साथ दिएका कोही पनि देखिदैनन्,’ बस्नेतले भने ।
उनले पार्टी वरिष्ठ नेता माधवकुमार नेपाललाई आत्मालोचना गर्दै सरकारमा सहभागी हुन आग्रह गरे । एमाले कम्युनिष्ट आन्दोलनको गम्भीर मोडमा आइपुगेको भन्दै युवाहरूलाई जोस जागरले कार्य गर्न उनले निर्देशन दिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया