आकाश र सिर्जना अभीनित ‘बसन्ती’ सार्वजनिक

आकाश श्रेष्ठ र सिर्जना कार्की अभीनित ‘बसन्ती’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतलाई आकाश पाण्डेले निर्देशन गरेका हुन् । आकाश पाण्डे फिल्म निर्मातासमेत हुन् । उनले यसअघि निखिल उप्रेती र भारतीय अभिनेत्री मोनिका बेदीलाई लिएर ‘परिचय’शीर्षकको फिल्म बनाएका थिए भने उनले निर्माण गरेको ‘कमिटमेन्ट २४ आवर’ बीचैमा रोकिएको थियो । आकाश र सिर्जनाबाहेक गीतमा रन्जित सिंहको पनि अभिनय देख्न सकिन्छ ।
माया प्रेमको भाव पस्कने गीतमा नवराज कलाउनी र विद्या तिवारीको स्वर रहेको छ भने गीतमा संगीत राजेन्द्र भट्टको रहेको छ । गीतको शब्द रचना पनि नवराजकै हो । ज्ञानेन्द्र शर्माको छायांकन रहेको गीतलाई अर्जुन भुसालले कोरियोग्राफ गरेका हुन् ।
गीतमा मोहित मुनालको एरेन्ज र विकास ज्ञवालीको सम्पादन रहेको छ । मान्द्रो मुभिजको प्रस्तुति रहेको गीतको निर्माता सुनिल कुमाल हुन् भने र सहनिर्माता अजय श्रेष्ठ र रन्जित सिंह रहेका छन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया