‘समर्थन फिर्ता लिन डराउनेले प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ?’
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी ओलीनिकटका सांसद खगराज अधिकारीले नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन् । मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै अधिकारीले भने, ‘नैतिकता त गज्जबको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउने, प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ?’
उनले अविश्वासको प्रस्ताव फेल हुन्छ भनेर डराउनेहरुले प्रधानमन्त्रीलाई नैतिकता सिकाउने भनेर प्रश्न पनि गरे । ‘अविश्वासको प्रस्ताव ल्याउँछु भनेर फेल हुन्छ भनेर डराउने अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ?’ सभामुखको विषयमा प्रश्न गर्दै उनले भने, ‘सभामुख महोदय तपाईं निर्वाचित हुँदा नेकपा थियो, अब उपसभामुख चुन्ने हो भने दलीय संलग्नता कसको भन्ने ? अनि नैतिकता कसले कसलाई सिकाउने ?’ उनले प्रधानमन्त्री ओलीले निर्वाचन जान्छु भनेर कुनै गल्ती नगरेको उनको भनाइ थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया