स्पष्टीकरण हामीले होइन ओलीले दिनुपर्छ : भीम रावल
काठमाडौँ : नेकपा एमालेका नेता भीम रावलले स्पष्टीकरण प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले दिनुपर्ने बताएका छन् । ओलीले महासचिव ईश्वर पोखरेलमार्फत माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसार र रावललाई स्पष्टीकरण पत्र पठाएपछि रावलले यस्तो बताएका हुन् ।
‘केपी शर्मा ओली जीको फागुन २८ बसेको अवैध केन्द्रीय कमिटीको कुनै पनि निर्णय हामी मान्दैनौँ । नेपाली जनताले तपाईं सोधिरहेका छन्, प्रतिनिधिसधा विघटन किन गर्नुभयो ?’ ओलीलाई प्रश्न गर्दै रावलले भने, ‘ पार्टीको विधान मिचेर मनपरी किन गर्नुभयो आफ्नो केही गुटका मान्छे बोलाएर, हामीलाई थाहा नै नदिइ, केपी शर्मा ओली जीले पार्टी फुटाउने षडयन्त्र गर्नुभयो । पार्टीमा विभाजनको रेखा कोर्नुभयो । तै पनि हामीले उहाँलाई भन्यौँ तपाईंले यो निर्णय फिर्ता लिनुहोस् । तर, उहाँले मान्नु भएन।’ आज मंगलबार आफूपक्षीय अनेरास्ववियुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै रावलले केपी ओलीले एमाले फुटाउन खोजेको आरोप लगाएकाछन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया