भैरवनाथको रथले किचेर वृद्धको मृत्यु

भक्तपुर- भक्तपुरको बिस्काः जात्रामा भैलः खः (भैरवनाथको रथ) ले किचेर एक वृद्धको मृत्यु भएको छ । जात्राको अन्तिम दिन आज रथ तान्ने क्रममा नासमना चोकमा जात्रा हेर्न बसेका वृद्धको रथले किचेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका–५, कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपाल रहेका छन् । रथले किचेर घाइते भएका कसपाललाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले कसपाललाई मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए ।
जात्रामा अप्रिय घटना भए पनि रथ तान्ने क्रम भने रोकिएको छैन । बिस्काः जात्राको अन्तिम दिन आज गःहिटीमा रहेको भैरवनाथको रथलाई तानातान गरी माथिल्लो र तल्लो टोलमा लैजाने परम्परा रहेको छ । दुवै टोलको परिक्रमापछि टौमढीमा रथ पुर्याएपछि जात्रा सम्पन्न हुन्छ । रासस

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया