काँक्रेविहारमा राखिएको हिमाली गिद्धलाई नवलपरासी पठाइयो

कर्णाली - काँक्रेविहार संरक्षित वन क्षेत्रमा उड्न नसक्ने अवस्थामा रहेका हिमाली गिद्धलाई नवलपरासी पठाइएको छ । गिद्धको थप उपचार तथा व्यवस्थापनका लागि नवलपरासीको कावासोतीस्थित जटायु रेष्टुरेन्टमा पठाइएको डिभिजन वन कार्यालयले जनाएको छ ।
सुर्खेत उपत्यकाको उत्तरी क्षेत्रमा फेला परेका गिद्धलाई वन कार्यालयले उद्धार गरी चैत ४ गते काँक्रेविहार क्षेत्रमा छाडेको थियो ।
काँक्रेविहारको मूल गेटमा राखिएको गिद्धको उपचार तथा स्याहार–सुसार स्थानीय युवाहरुले गर्दै आएका थिए । डिभिजन वन कार्यालय सुर्खेतका सूचना अधिकारी सूर्यप्रसाद शर्माले गिद्धको हेरचाह गर्दै आएका वीरेन्द्रनगर–९ का स्थानीय नवराज बोहराको जिम्मा लगाएर कावासोती पठाइएको बताए ।
गिद्धलाई सुरुमा वन कार्यालयले आफ्नो संरक्षणमा राखेको थियो तर आहारको कमी हुन थालेपछि काँक्रेविहारको जङ्गलमा छाडिएको थियो । रासस

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया