सनराइज बैंक र लुम्बिनी विकास बैंकबीच सहकार्य

काठमाडौंँ - 'स्मार्ट बनौँ, डिजिटल बैंकिङ गरौं' भन्ने मुल मन्त्रका साथ बैंकिङ्ग सेवाहरुमा डिजिटलाइजेसन प्रबर्धन गर्दै आएको सनराइज बैंक र लुम्बिनी विकास बैंक बिच पोइन्ट अफ सेल (पोस) सेवाका लागी सहकार्य भएको छ ।
सनराइज बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक समारोह बिच सनराइज बैंकका नायब महाप्रबन्धक रविन नेपाल तथा लुम्बिनी विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सहकार्यको लागी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
यससँगै लुम्बिनी विकास बैंकले कार्ड मार्फत हुने डिजिटल भुक्तानी स्वीकार गर्न आफ्ना ग्राहकवर्गलाई पोइन्ट अफ सेल डिभाइस (पोस) उपलब्ध गराउन सक्नेछ भने सो को लागी प्राविधिक सेवा तथा कारोबारको सेटलमेन्ट सेवा सनराइज बैंकले प्रदान गर्नेछ ।
सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले २० हजार भन्दा बढि मर्चेन्ट नेटवर्क (पोस तथा क्युआर), १५९ एटिएम, १३९ शाखा, १३ एक्सटेन्सन काउण्टर, ९० वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको यस सनराइज बैंक कार्ड पेमेन्ट क्षेत्रमा पनि अग्रणी बैंक हो।
भिसाको प्रमुख सदस्य समेत रहेको सनराइज बैंकले हामी सँगसँगै भन्ने मुल नाराका साथ अगाडि बढ्दै आफ्ना सदस्य बैंकहरुलाई सहज र सरल ढंगले डिजिटल भुक्तानीका सेवा सुविधाहरु ल्याउनको लागी सदैव अग्रगामी भूमिका निभाउँदै आएको छ । बैंकले यसअघि पनि नेपालमै पहिलो पटक सहकारी संस्थाका सदस्यहरूका लागि भिषा कार्ड सेवाको सुरुवात समेत गरिसकेको छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया