सिटी एक्सप्रेस मनी ट्रान्सफरको भेटघाट तथा तालिम सम्पन्न

काठमाडौँ - सिटी एक्सप्रेस मनी ट्रान्सफरले एजेन्टहरूको २ दिने तालिम तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। सिटीले वैशाख २ र ३ गते बुटवल र भरतपुरमा आफ्नो सेवा प्रदान गर्ने एजेन्टहरूका लागि भेटघाट र तालिम कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा बुटवल र भरतपुरबाट उल्लेखनीय सहभागिता रहेको थियो । सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत ब्यवस्थापन समूहको उपस्थिति रहेको थियो । विगतको समिक्षा तथा आगामी वर्षको कार्ययोजना तयार गरि यस वर्षको बुटवल र भरतपुरको एजेन्ट मिट कार्यक्रम सम्पन्न गरिएको थियो ।
सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै 'जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस' भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दै विगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया