महिनावारी सम्बन्धी डकुमेन्ट्री अन्तर्राष्ट्रिय सर्ट फिल्म फेस्टिवलमा छनोट

काठमाडौं – महिनावारीसम्बन्धी व्यवहार परिवर्तनबारे निर्माण गरिएको डकुमेन्ट्री फिल्म ‘महिनावारी सम्बन्धी नेपालको अभियान : वर्जित मान्यतासँग सामना’ १८ औं अन्तर्राष्ट्रिय सर्ट फिल्म फेस्टिबल डेटमोल्डमा छनोट भएको छ ।
उक्त फेस्टिबल जर्मनीमा १–३ जुलाईमा हुदै छ । उक्त डकुमेन्ट्रीको निर्माण जर्मन नागरिक अन्तर्राष्ट्रिय मल्टिमिडिया जर्नलिस्ट डर्क गिल्सनले गरेका हुन् ।
उक्त डकुमेन्ट्री निर्देशन फिल्म मेकर तथा डकुमेन्ट्री निर्माता रजिन महर्जनले गरेका हुन् । सन् २०१० मा भिडियो एडिटर तथा एनिमेटरका रुपमा आफ्नो करियर सुरु गर्नु गरेका थिए ।
उनले एक सय भन्दा बढी टेलिभिजन कमर्सियल, डकुमेन्ट्री र पीएसएको निर्देशन गरिसकेका छन् । यो डकुमेन्ट्रीका प्रस्तोता चर्चित नायिका तथा फिल्म निर्माता केकी अधिकारी सन् २०२० देखि महिनावारी स्वास्थ्यको सद्भावना दूत हुन । उक्त डकुमेन्ट्री सुदूरपश्चिम प्रदेशको धनगढी, कैलालीमा खिचिएको हो ।
यसमा महिनावारीको समयमा महिला तथा किशोरीहरुले स्कुल, परिवार र समाजमा भोग्नुपर्ने समस्या र भेदभाव तथा यसको अन्त्यका लागि भएका प्रयासबारे उल्लेख गरिएको छ । पछिल्लो समयमा सरोकारवाला निकायहरुले महिनावारीका वर्जित सामाजिक मान्यताहरु परिवर्तनका लागि विभिन्न भूमिका खेलेका छन् । जसबाट समाजमा केही सकारात्मक परिवर्तन देखिए पनि अझै सामाजिक बन्धनहरु कायमै छन् भने महिनावारी स्वास्थ्यबारे चेतनाको अभाव छ ।
विद्यालय पाठ्यक्रममा महिनावारी स्वास्थ्यका बारेमा केही दशकदेखि नै समावेश गरिएको छ । महिलामा आउने शारीरिक परिवर्तनमध्येको एक परिवर्तन महिनावारीबारे हाम्रो समाजमा रहेका गलत मान्यता र यसमा विस्तारै आउँदै गरेका परिवर्ततबारे समेत डकुमेन्ट्रीमा उल्लेख गरिएको छ ।
सुदूरपश्चिम क्षेत्रमा महिनावारीको समयमा महिलाहरुले छाउ गोठमा बस्नुपर्ने बाध्यता छ । समाजमा प्रचलित धेरै अन्धविश्वासका कारण महिनावारी भएका महिला र महिनावारीको बेलामा बग्ने रगत अशुद्ध भन्दै थुप्रै बन्देज एवं निषेध गर्ने व्यवहारहरु हुने गरेका छन् ।
यो डकुमेन्ट्री महिनावारीबारे वर्जित मान्यतामा परिवर्तन ल्याउने अभिप्रायले निर्माण गरिएको हो । यो डकुमेन्ट्री यसअघि टोरोन्टो इन्टरनेशनल वुमन्स फिल्म फेस्टिवल, २०२२ र डब्लुएचओ हेल्थ फर अल फिल्म फेस्टिवल, २०२२ मा पनि छनोट भएको छ ।

गायिका देविका बन्दनाको ‘सोलुको मैच्याङ’ म्युजिक भिडियो सार्वजनिक ( भिडियोसहि…

चलचित्र 'रियाल रिङ्गेट'को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

‘बलिदान’को ६० फुट अग्लो विशाल पोस्टर सार्वजनिक, देशव्यापी प्रचार अभियान सुरु

किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

प्रतिक्रिया