कोभिड खोप लगाएका ७२ वर्षीय वृद्धमा संक्रमण पुष्टि

काठमाडौँ : कोभिड-१९ विरुद्धको खोप लगाएका काठमाडौँका एक वृद्धमा कोभिड संक्रमण पुष्टि भएको छ । ७२ वर्षीय उनले फागुन २३ गते खोप लगाएका थिए । सोमबार टेकु अस्पतालमा परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका संक्रमण रोग विशेषज्ञ डा. अनुप बास्तोलाले उनले खोप लगाएको केही समयमै परिवारका सदस्यलाई कोभिड पोजेटिभ देखिएको बताए ।
‘खोप लगाउनुभन्दा अगाडि नै उहाँमा संक्रमण सरिसकेको रहेछ,’ उनले भने, ‘२७ गते छोरा र २९ गते श्रीमतीमा कोभिड पोजेटिभ देखिएको रहेछ । खोपले तत्कालै काम नगर्ने भएकाले उहाँलाई पनि संक्रमण पुष्टि भएको हो ।'
डा. बास्तोलाका अनुसार उनमा निमाेनिया देखिएको छ । हाल उनको आईसीयूमा उपचार भइरहेको छ ।
‘खोप सुनिश्चितता एक वर्षको होइन, यो निरन्तरता काम हो’

डाक्टरको आन्दोलनले देशभरका अस्पताल ठप्प, बिरामीहरू घर फर्कन बाध्य

गर्मीबाट छालालाई कसरी जोगाउने ? यी हुन् पाँच घरेलु उपाय

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

प्रतिक्रिया