क्यान्सरका कारण काठमाडौँ महानगर वडा सदस्य सत्यालको निधन

काठमाडौँ – काठमाडौँ महानगरपालिका वडा ३० का सदस्य निरजराज सत्यालको आइतबार निधन भएको छ । २०३३ साल असार ०८ गते काठमाडौँमा जन्मिएका सत्यालको आइतबार राती करिव १० बजे निधन भएको हो ।
मैतीदेवी सिद्धि मार्गमा बसोबास गर्दै आएका सत्याल गएको २ बर्षदेखि क्यान्सरको उपचार गराइरहेका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिस्पर्धा गरेर उनी वडा सदस्य पदमा निर्वाचित भएका थिए ।
वडा ३० का सदस्य मनोजकुमार डंगोलका अनुसार आज विहान ८ बजे पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार सम्पन्न गरिएको छ ।
भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका सत्याल बैशाख २ गते नियमित जाँचका लागि अस्पताल गएका थिए । त्यसअघि चैत २२ गते आकस्मिक कक्षमा भर्ना
भएर उपचार भएका थिए । उनले उपचारका विषयमा सामाजिक सञ्जालमा लेख्ने समेत गरेका थिए । उनको खुट्टामा ट्युमर देखिएपछि उपचार सुरु गरिएको थियो ।

हिन्दू बनेर नेपाली नाबालिकालाई दिल्ली लैजाँदै गरेका आलम भारतीय प्रहरीको फन्द…

बौद्धमा संस्थाबीचको फेरी द्वन्द्व, गुठीको शौचालय भत्काइएपछि प्रहरीमा उजुरी

शिवनाथको नीति तथा कार्यक्रम सार्वजनिक

मितेरी सहकारी रकम प्रकरणः ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइयो

लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

उच्चको आदेशपछि काममा फर्किए राजु पाण्डे

प्रतिक्रिया