एनआरएनए बैठक अप्रिल अन्तिम साता

लण्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) को बैठक अप्रिल महिनाको अन्तिम साता बस्ने भएको छ । गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार संघको ८४ औं बैठक अप्रिल ३० तारिख भर्चुअलमार्फत बस्न लागेको हो ।
संघको १० औं महाधिवेशन पछि पहिलो पटक बस्न लागेको पूर्ण बैठकलाई निकै चासोका साथ हेरिएको छ । जोशीका अनुसार सो बैठकका लागि एजेण्डाहरू पठाउन आइसीसी (केन्द्रीय) सदस्यहरूलाई आग्रह गरिएको छ ।
‘साथीहरूले चाहेका आआफ्ना एजेण्डाहरू पठाउन आग्रह गरेको छु । धेरै जनाले आफ्ना भनाइहरू राख्न पाइदैन् भनेर गुनासो गर्नु भएको छ। यस पटक सबैलाई अवसर दिने योजना छ’ जोशीले भने ।
आइसीसी सदस्यहरूको सुझावका आधारमा आगामी २३ तारिख बस्ने पदाधिकारी (ओविइ) बैठकले ती एजेण्डालाई अन्तिम रुप दिने छ ।
बैठकमा संघको संरक्षक परिषद्को गठन, सल्लाहकारको मनोनयन, आइसीसी सदस्यहरूको मनोनयन, केन्द्रीय कार्यालयमा नयां सिइओ नियुक्ति लगायतका एजेण्डामा छलफल हुने अपेक्षा गरिएको छ ।
आइसीसी सदस्यहरूले यसअघि एनसीसीमा भएको विवाद, पदाधिकारीको उम्मेदवारी शुल्क, एनआरएनए यूके र अमेरिकाको खारेजीको कार्यन्वयन लगायतका विषयमा आआफ्ना भनाइ राख्ने तयारी गरेका छन् ।

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

प्रतिक्रिया