धनगढीका लागि नेकपा एसले गर्यो उम्मेदवार सिफारिस

कैलाली - वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरको नाम सिफारिस गरेको छ ।
आइतबार बसेको समाजबदीको धनगढी उपमहानगर कमिटीको बैंठकले मेयर र उपमेयरका लागि नाम सिफारिस गरेको हो । कमिटीले मेयरमा मदनराज रेग्मी, लोकेन्द्र बानियाँको नाम सिफारिस गरेको छ भने उपमेयरमा रोजी बस्नेतलाई सर्बसम्मत उम्मेदवार छनौट गरेको छ । नगर प्रमुखका उम्मेदवार रेग्मी धनगढी उपमहानगर कमिटी अध्यक्ष हुन भने बाँनिया प्रदेश कमिटी सदस्य हुन् ।
त्यस्तै उपमेयरका उम्मेदवार बस्नेत उपमहानगर कमिटी उपाध्यक्ष हुन । त्यस्तै कमिटीले १९ वटा वडा रहेको धनगढी उपमहानगरका सबै वडामा उम्मेदबारी घोषणा गरी चुनाबमा होमिने निर्णय समेत गरेको नगर कमिटी अध्यक्ष रेग्मीके बताए । उनले वडाध्यक्षको सवालमा वडाबाट आएका सिफारिसका आधारमा जिल्ला किमटीले टुंग्याउने बताए ।

युट्युबबाट सीप सिकेर उद्यम
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

प्रतिक्रिया