धनगढीको मेयरमा कांग्रेसका १२ आकांक्षी

कैलाली - वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयर पदका लागि वर्तमान मेयर नृप बहादुर वडसहित नेपाली काँग्रेसबाट सात जनाले दाबी गरेका छन् ।
धनगढी नगर कमिटीले नगर प्रमुख तथा उपप्रमुख पदका लागि नाम मागेपछि वर्तमान मेयर नृपबहादुर वड सहित सात जनाले दाबी पेश गरेका हुन् । यसरी दाबी पेश गर्नेमा काँग्रेसका महाधिवेशन प्रतिनिधि कृष्णबहादुर महरा क्षेत्री, पूर्व जिल्ला सचिव पूर्ण कुँवर, महाधिवेशन प्रतिनिधि हरिश खड्का, नगर सभापति यज्ञराज उपाध्याय, नेतृ जाग्रिती बोगटी र लक्ष्मीदत्त भट्टले मेयरमा आकांक्षी रहेको भन्दै दाबी पेश गरेका छन् ।
त्यस्तै उपमेयरमा महासमिति सदस्य निपा चोखाल, पुष्पा भट्ट, सुनिता राना, प्रमिला लम्साल र डम्मरी महरा रक्षाले दाबी गरेको कांग्रेस कैलालीले जानकारी दिएको छ ।

युट्युबबाट सीप सिकेर उद्यम
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

प्रतिक्रिया