नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमले अफगानिस्तानविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अफगानिस्तानसँग मैत्रीपूर्ण खेल्ने जनाएको हो ।
नेपाल र अफगानिस्तानबीचको मैत्रीपूर्ण खेल कतारमा मे २५ र २९ तारिखमा हुनेछ । एएफसी एसियन कप छनोटको तयारीको रुपमा नेपालले मैत्रीपूर्ण खेल्न लागेको हो ।
छनोट अन्तर्गत नेपालले कुवेतमा हुने खेलमा जुन ८ मा जोर्डन, जुन ११ मा कुवेत तथा जुन १४ मा इन्डोनेसियाको सामना गर्नेछ । छनोटका लागि नेपालले २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । साथै प्रशिक्षण शुक्रबारबाट सुरु भइसकेको छ ।

‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे

नेपाल ६ बिकेटले बिजयी, बहराइन समूह चरणवाटै बाहिरियो

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

प्रतिक्रिया